Khabar Board

कञ्चनपुरमा जीप दुर्घटना हुदाँ ७ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बिहिवार बिहान दार्चुलाबाट बेलौरी जाँदै गरेको सुप्रप ०१ ००१ ज १३६३ नम्बरको जीप पुनर्वास नगरपालिका–११ स्थित देउराली नालामा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परी चालक दार्चुलाका व्यास गाउँपालिका–४ का २५ वर्षीय बिरसिंह धामी, सोही ठाउँका २४ वर्षीय विरेन्द्र धामी, कञ्चनपुर पुर्नवास नगरपालिका–१ का ६८ वर्षीय मोहन भण्डारी, उनकी श्रीमती वर्ष ६२ की जयन्ती भण्डारी, सोही ठाउँका वर्ष २४ का करुणा भण्डारी, वर्ष ८ का प्रया भण्डारी र ३ वर्षीय पारस भण्डारी घाइते भएका छन्। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जीप अनियन्त्रित भएर सडकमा रहेको कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.