अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी प्रमुख ५ लक्षणहरु देखिएका छन्।
१) घाँटी दुख्ने,असहज हुने।
२) थकान महसुस हुने।
३) टाउको र शरीरका मांशपेशी दुख्ने।
४) हल्का शरीर तातिएको महसुस हुने।
५) नाकबाट पानी आउने,बन्द हुने।
तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। त्यसैले सबैले खोप लगाउन अति जरुरी देखिन्छ।