Khabar Board

कुटपिटबाट घाइते भएका डडेल्धुराका पुरुषको मृत्यु

धनगढी । कुटपिटबाट गम्भीर घाइते भएका अजयमेरु गाउँपालिका ६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ।

लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीले भागेश्वर गाउँपालिका ६ राडिलमा बुधबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिव्यपुरबाट खटिएको प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.