Khabar Board

कानभित्र जिउँदो साङ्लो गएपछि…

अकल्यान्ड । अचानक कानमा केही गडबड महसुस हुनासाथ न्युजिल्यान्डका एक पुरुषले कानमा पानी पसेको होला ठानेका थिए । तर, वास्तवमा जिउँदो साङ्लो छिरेको कारण उनको कान बन्द भएको रहेछ ।

राजधानी अकल्यान्ड निवासी ४० वर्षीय जेन वेडिँङले सीएनएनलाई भनेका छन्, “केहिदिन अघि मात्र म स्थाीय एक पौडी पोखरीमा पौडिरहेको थिएँ । एक्कासी मलाई कानै थुनिएको जस्तो लाग्यो । त्यो रात म कानमा केही ड्रप राखेर सुतेँ । तर बिहान उठ्दा पनि समस्या जस्ताको त्यस्तै रहेपछि म जचाउँन डाक्टरकहाँ पुगेँ । उनले कानभित्र जमेको पानी सुकाउन हेयर ड्रायर प्रयोग गर्ने सल्लाह दिए । तैपनि सन्चो नभएपछि म नाक, कान तथा घाँटी विशेषज्ञलाई जचाउन गएँ । ती डाक्टरले कानभित्र हेर्ना साथ त्यहा किरा भएको बताइन् । उनले पाँच मिनेटमै कानबाट एउटा साङ्लो निकालिन् । तर, प्रत्यकपटक उनले कानभित्रको साङ्लो छुँदा म उनले त्यसलाई त्यहीभित्रै किचिमिची पार्लिन जस्तो लागेको थियो ।”

उनले यस घटना र साङ्लो सम्झिँदा आफूलाई अझै जिउ सिरिङ्ग हुने गरेको बताएका छन् ।

यूपीआईबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.