Khabar Board

रौतहटमा एक किसोरीको शव गहुँ बारिमा फेला

हेटौंडा। हत्या गरी फालिएको अवस्थामा बुधबार रौतहटमा किशोरीको शव फेला परेको छ।

रौतहट इशनाथ नगरपालिका–४ मठियास्थित गहुँ खेतमा १९ वर्षीया किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ। शव सोही नगरपालिका–९ लौतना टोल बस्ने कलाम मियाँ मन्सुरीको छोरी चाँदनी खातुनको रहेको रौतहटका डिएसपी सुनील मल्लले जानकारी दिए। किशोरीको घाँटीमा सलले कसेर मुखमा कपडा कोचिएको अबस्थामा फेला परेको र उनको हत्या गरिएको हुन सक्ने उनले बताए। किशोरीको शवलाई जाँच मुचुल्का गरी परीक्षणका लागि गौर अस्पताल पठाइएको र घटनाको थप अनुसनधान भइरहेको डिएसपी मल्लले बताएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.