धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिवार ७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४६ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ४ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।