यति एयरलाइन्सको वार्षिक उत्सव भन्दै स्क्याम आतंक

Image

काठमाडौं । आज विहानदेखि नै नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी ‘यति एयरलाइन्स’ को २०औँ वार्षिक उत्सवको नाममा स्प्याम लिंक सामाजिक सञ्जाल भरि नै आइरहेका छन् ।

यति एयरलाइन्सको २०औँ वार्षिक उत्सवको अवसरमा उपहार भन्दै साथीहरूको माध्यमबाट फेसबुको मेसेजमा लिंक आइरहेको छ ।

जबकि यति एयरलाइन्सले गत वर्षमात्रै आफ्नो २३औँ वार्षिक उत्सव मनाएको थियो । यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ।

यस्तो लिंकमा क्लिक गर्दा तपाइको अकाउन्ट ह्याक हुनसक्ने लगायतका समस्या आउन सक्छ । कम्पनीले भने यो फेक म्यासेज भएका कारण यस्तो प्रकारको कुनै पनि लिंकमा क्लिक नगर्न र रकम जित्ने आशामा यो म्यासेज कसैलाई पनि फर्वार्ड नगर्न आग्रह गरेको छ।