Khabar Board

कैलालीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

कैलाली ।

कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन् ।

घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.