Khabar Board

टाइटानिक दुर्घटनाको ११० वर्षसम्म पनि कायमै छन् चार रहस्य

काठमाडौं ।

आजभन्दा ११० वर्ष पहिले टाइटानिक अँध्यारो रातमा आइसबर्गसँग ठोक्किएको थियो । त्यतिबेला अधिकांश यात्रु मस्त निद्रामा थिए ।

दुर्घटना हुँदा टाइटानिक इङ्ल्याण्डको साउथ ह्याम्प्टनबाट ४१ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको न्युयोर्कतर्फ गइरहेको थियो र त्यसको तीन घण्टाभित्रै अप्रिल १४ को मध्यरातमा टाइटानिक एट्लान्टिक महासागरमा डुबेको थियो ।

जुन जहाज कहिल्यै डुब्दैन भन्ने चर्चा थियो त्यो जहाज डुब्यो । दुर्घटनामा करिब १ हजार ५०० जनाको मत्यु भएको थियो । जसलाई ११० वर्षपछि पनि सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।

सन् १९८५ को सेप्टेम्बरमा दुर्घटना स्थलबाट अवशेष हटाइयो । दुर्घटनापछि क्यानडाबाट ६५० किलोमिटर टाढा रहेको ३ हजार ८४३ मिटरको गहिराइमा जहाज दुई टुक्रा भएको थियो । दुई भाग एकअर्काबाट ८०० मिटर टाढा थियो ।

दुर्घटना भएको ११० वर्ष बितिसक्दा पनि यस विषयमा रहस्य कायमै रहेको विज्ञहरु बताउँछन् ।

जहाज डुब्दैन भनिएको थियो

यो विशाल जहाज भगवानले चाहेपनि डुब्दैन भनिएको थियो । यसका थुप्रै कारण थिए ।

फेडरल युनिभर्सिटी अफ रियो दि जेनेरियोको नौसेना र महासागर इन्जिनियरिङ विभागका प्रोफेसर र इन्जिनियर अलेक्जेण्डर डे पिन्हो अल्होले भने, ‘इन्जिनियरिङका हिसाबले यो डिजाइनको आधारमा विकसित गरिएको पहिलो जहाज थियो । धेरै वाटरटाइट कम्पार्टमेन्ट निर्माण गरिएका थिए जहाजमा । अर्थात्, जहाजको एउटा कोठा पानीले भरिएको भए अर्को कोठालाई डुबाउन सक्दैन ।’

यो जहाज निर्माणको तयारीका क्रममा केही कठिनाइ भएका थिए । जहाजको उचाइ कति राख्ने भन्ने बारेमा धेरै अनुसन्धान भएको थियो, जसले गर्दा विद्युतीय तार र पानीका पाइपले राम्ररी काम गरोस् ।

यसलाई विचार गरेपछि जहाजको उचाइ निर्धारण गरिएको प्रोफेसर अल्हो बताउँछन् । बाढी गएको अवस्थामा पनि पानी जहाजको छानोको उचाइमा पुग्न सक्दैन भनेर मूल्यांकन गरिएको थियो । छतमा सुरक्षित डब्बाहरु पनि बनाइएको थियो ।

त्यसबेला आइसबर्गसँग भीषण टक्कर हुने कसैले साचेका थिएनन् । प्रोफेसर अल्होले भने, ‘टक्करको प्रभाव यति बलियो थियो कि जहाजको मुख्य भागको आधा लम्बाइमा प्वाल परेको थियो । यस्तो अवस्थामा पानी छतसम्म पुग्यो ।’

‘जहाज पूरै पानीले भरिएको थियो, यस्तो अवस्थामा उद्धार सम्भव थिएन । पानी हटाउन सबै पम्पहरू सक्रिय गर्ने प्रयास गरिएको थियो । पानी रोक्न सबै तरिका पनि अपनाइएको थियो । तर पानीभित्र आउने गति उस्तै थियो । त्यही गतिका कारण बाहिर निस्कन सम्भव थिएन,’ उनले भने ।

जहाज निर्माणकर्ता र नेभिगेटर सिभिल इन्जिनियर थिएरी भन्छन्, ‘टाइटानिक डुब्न सक्दैन भन्ने गलत प्रचार गरिएको थियो । जहाजको धेरै कोठामा वाटर टाइट पर्खाल निर्माण गरिएको थियो । कोठाका दुई पङ्ति पानीले भरिएपनि जहाज डुब्नेवाला थिएन । तर आइसबर्गसँगको टक्करले जहाजलाई ठूलो क्षति पुर्‍यायो र वाटरटाइट कम्पपार्टमेन्टका धेरै पर्खाल ध्वस्त भए ।’

फ्लुमिनेन्स फेडरल युनिभर्सिटीका प्रोफेसर र यातायात इन्जिनियर ओरिलो सोरास मुर्तका अनुसार टाइटानिकको वाटरटाइट डिब्बा बन्द गर्ने प्रणालीले पनि राम्रोसँग काम गरिरहेको थिएन । त्यतिबेला जहाज बनाउन प्रयोग हुने धातु अहिलेको स्टिलजस्तो बलियो थिएन ।

धातु विज्ञानका प्राध्यापक र सो पाउलोको म्याकेन्जी पर्सेबिटेरियन विश्वविद्यालयका प्रोफेसर जोन वैतावुक बताउँछन् । सन् १९४० को दशकसम्म पानीजहाजको मुख्य भाग धातु नपगाली बन्थ्यो । पछि यी जहाजहरूको मुख्य भाग बनाउनका लागि धातु पगालेर प्रयोग गरिन्थ्यो ।

वैतावुक भन्छन्, ‘त्यसपछि प्रविधि र सामग्रीमा धेरै परिवर्तन भइसकेको छ । अहिले धातु पगालेर पाना जोडिन्छन् । स्टिल निर्माणमा कार्बनको प्रयोग पनि घट्दै गएको छ र म्याग्निजको प्रयोग पनि बढ्न थालेको छ । आजको स्टिल धेरै बलियो छ ।’

हिजोआजका पानीजहाज पानी, समुद्री छाल र आँधीको उतारचढावसँग तालमेल मिलाउन धेरै सक्षम रहेको उनी बताउँछन् ।

नीलो ब्याण्ड प्राप्त गर्ने दौड

ठूला दुर्घटनाका पछि मानवीय गल्ती पनि भेटिन्छन् । विज्ञका अनुसार हिमशैलीले भरिपूर्ण क्षेत्रमा यात्रा गर्न कठिनाइ हुँदाहुँदै पनि छिटो यात्रा पूरा गर्ने दबाब थियो ।

वास्तवमा यो दबाब ‘ब्लु ब्यान्ड’ पाउनका लागि थियो । १८३९ मा सुरु भएको यो सम्मान एट्लान्टिक महासागर पार गर्ने सबैभन्दा छिटो जहाजलाई दिइएको थियो । टाइटानिकलाई यो सम्मानको सबैभन्दा बलियो दाबेदार मानिएको थियो ।

प्रोफेसर अल्हो भन्छन्, ‘त्यो जमाना अनुसार टाइटानिक बनाउन उत्कृष्ट इन्जिनियरिङ र प्रविधिको प्रयोग गरिएको थियो । संसारका ठूला कम्पनीहरु बीच जहाज बनाउन प्रतिस्पर्धा थियो । त्यसबेला इङ्ल्यान्ड र जर्मनीबीच सबैभन्दा ठूलो र द्रूत जहाज बनाउने ठूलो प्रतिस्पर्धा थियो ।’

समाजिक बिकास कार्यालय बैतडी

सबैभन्दा ठूलो र द्रूत गतिको जहाजले आधिकारिक रुपमा नीलो ब्यान्ड प्राप्त गथ्र्यो । यो उपलब्धि हासिल गर्न कुनै पनि जहाजलाई पहिलो यात्रा सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो ।

अल्होका अनुसार पहिलो यात्रामा जहाजको स्थिति उत्कृष्ट हुन्छ । पहिलो यात्रामा जहाज द्रूत गति प्राप्त गर्न सक्छ र टाइटानिकले पनि द्रूत गति प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

टाइटानिक एक्लै थिएन

जहाज सञ्चालन गर्ने ह्वाइट स्टार लाइन कम्पनीले २०औं शताब्दीको प्रारम्भमा बेलफास्ट सहरको हमल्यार्डमा तीनवटा जहाज निर्माण गर्न आदेश दिएको थियो ।

विश्वस्तरीय डिजाइन टोलीले बनाएका यी तीनवटा जहाज विश्वकै सबैभन्दा ठूलो सुरक्षित र सुविधायुक्त हुन्छ भन्ने अपेक्षा गरिएको थियो । इन्जिनियर स्टम्पले भने त्यो समयमा यो आयोजनाको राम्रो प्रचार पनि भएको थियो ।

सन् १९०८ देखि १९१५ को बीचमा निर्मित यी जहाजलाई ओलम्पिक श्रेणीको जहाज भनिन्थ्यो । पहिले दुई जहाजलाई तयार गर्ने काम सुरु भएको थियो । १९०८ मा ओलम्पिक र १९०९ मा टाइटानिकको तेस्रो जहाज जाइगेन्टिकको उत्पादन १९११ मा शुरु भएको थियो ।

ती तीनवटै जहाज केही न केही दुर्घटनामा परेका थिए । ओलम्पिक जहाजले १९११ जुनमा सेवा सुरु गरेको थियो । त्यही वर्ष यो जहाज युद्धपोतसँग ठोक्कियो । मर्मतपछि फेरि सेवा सुचारु भएको थियो ।

पहिलो विश्वयुद्धको समयमा ब्रिटिश नौसेनाले सैनिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान यसको प्रयोग गर्ने गथ्र्यो । सन् १९१८ मा यो जर्मन पनडुब्बीसँग ठोकियो । मर्मत पछि १९२० पछि फेरि यसको प्रयोग सुरु भयो । पुरानो र भरपर्दो मानिएको यो जहाज सन् १९३५ सम्म प्रयोग भएको थियो ।

टाइटानिकले १० अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रा गरेको थियो । यो साउथह्याम्प्टनको बन्दरगाह बाहिर अर्को जहाजसँग ठोक्किनबाट त बच्यो, तर १४ अप्रिलमा ऐतिहासिक दुर्घटनाको सिकार भयो ।

जाइगेन्टिकको पनि धेरै प्रयोग भएन । यसको नाम ब्रिटानिकमा परिवर्तन भयो । बेलायती नौसेनाले पहिलो विश्वयुद्धको समयमा यसलाई अस्पतालमा परिणत गरेको थियो । यो जहाज नोभेम्बर १९१६ मा डुबेको थियो ।

यी तीन जहाज आफ्नो समयका विशाल जहाज थिए । तर अहिलेको तुलनामा भने साना नै हुन् ।

मूर्ता भन्छन्, ‘अहिलेको जहाजको तुलनमा ती नौका बराबर मात्र हुन् ।’

टाइटानिकको लम्बाइ २६९ मिटर थियो । चालक दल र यात्री मिलेर यसमा करिब ३३ सय यात्रु बस्ने सुविधा थियो । अहिलेको सबैभन्दा ठूलो समुन्द्री यात्रीको जहाज बन्डर अफ द सी हो, जो ३६२ मिटर लामो छ । यस जहाजमा चालक दलका २३ सय सदस्यसहित सात हजार यात्री अट्न सक्छन् ।

यति धेरै मृत्युको कारण के थियो ?

टाइटानिक दुर्घटनमा करिब १५ सय जनाको मृत्यु भएको थियो । यसपछि जहाजको सुरक्षा व्यवस्थालाई राम्रो बनाउने प्रयास गरिएको थियो । समुन्द्री जहाजको सुरक्षाका लागि दुर्घटनापछि राडर जस्तो उपकरणको प्रयोग गर्न थालियो ।

प्रोफेसर अल्हो भन्छन्, ‘द्वितीय विश्वयुद्धपछि राडरको प्रयोग सुरु भएको थियो । यसअघि सबैकुरा हेरेर निक्र्यौल गरिन्थ्यो । एक नाविकलाई त्यस्तो अग्लो ठाउँमा राखिन्थ्यो, जहाँबाट उसले अगाडि हिमखण्ड देखेमा सतर्क गराउन सक्थे । यही तरिका थियो, जसले जहाज एकदमै तीव्र गतिमा चलेको स्थितिमा सुरक्षित नहुन सक्थ्यो ।’

टाइटानिक दुर्घटामा यतिधेरै मान्छे मर्नुको कारण उनीहरुका लागि पर्याप्त लाइफबोट थिएन । प्रोफेसर अल्हो भन्छन्, ‘यस्तो जहाज कुनैपनि बेला डुब्न सक्छ, त्यसैले यस्तो जहाजमा आधाजसो लाइफबोट राखिन्छ ।’

मूर्ता भन्छन्, ‘यो घटना समुन्द्री जहाजको सुरक्षाको हिसाबले महत्वपूर्ण कोसेढुंगा सावित भयो । समुन्द्री जहाजहरुको सुरक्षाको लागि संस्थागत ढाँचा सिर्जना गरिएको थियो । सुरक्षा मापदण्ड निर्माण गर्दा ध्यान दिइयो । यसलाई निरन्तर सुधार गर्ने योजनामा काम भएको थियो ।’

उनी अगाडि भन्छन्, ‘अहिलेको समयमा राडर र सोनारले त धेरै अगाडि नै आइसबर्ग पत्ता लगाउँछ । अहिले समुन्द्री यात्राको क्रममा म्यापिङ वा समुन्द्री यात्राको चार्ज सबै आधुनिक रुपमा उपलब्ध छ ।’

बीबीसी हिन्दीबाट

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.