दुई दिनको अवधिमा “हाम्रो गोदावरी, हाम्रो अभियान”मा साढे सात लाख रकम जम्मा

अत्तरिया- अत्तरिया क्षेत्रका युवाहरुले सुरु गरेको “हाम्रो गोदावरी, हाम्रो अभियान” मा २ दिनको अवधीमा साढे सात लाख रकम संकलन गरेको छ ।

कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुन नदिन अत्तरियाकै मालाखेती अस्पतालमा १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने उद्देश्यले सञ्चालीत अभियानमा विभिन्न व्यक्तित्वहरुको सहयोगले साढे सात लाख रकम जम्मा भएको हो ।

news center of article

अत्तरियाक्षेत्रका मात्र नभई देश तथा विदेशमा रहेका सुदूरपश्चिमबासीहरुको साथ र सहयोगले २ दिनको अवधीमै अभियानमा राम्रो रकम जम्मा भएको अभियानका संयोजक प्रमोद अधिकारीले बताए । उनले अभियानको पहिलो दिन ३ लाख ८५ हजार र दोस्रो दिन ३ लाख ६५ हजार रकम संकलन भएको बताए ।

उनले अभियानले समाजबाट नै कोरोना भाईरसको महामारी हटाउने उद्देश्य लिएकाले सबैले सहयोग गरिदिन आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...