सुदुरपश्चिम सरकारले जिल्ला अस्पताल बैतडीलाई १५ लाख र रुद्रेश्वर स्वास्थ्य चौकीलाई २० लाख सहयोग गर्ने

बैतडी– जिल्ला अस्पताल बैतडीलाई सुदुरपश्चिम प्रदेश सरकारले १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मगंलबार बसेको सुदुरपश्चिम प्रदेश कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले पिसिआर सञ्चालनका लागी सामाजिक बिकास मन्त्रालय मार्फत अस्पताललाई १५ लाख दिने निर्णय गरेको हो ।

कोरोनाका संक्रमितहरु थपिदै गएको अवस्थामा परीक्षणमा लागी सहज होस भन्ने हेतुले उक्त रकम दिने निर्णय गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिब शिब वलीले जानकारी दिनुभएको छ ।

news center of article

यस्तै बैतडीको डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यलाई पनी २० लाख दिने निर्णय बैठकले गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको नियन्त्रण तथा ब्यबस्थापनका लागी स्वास्थ्य चौकीलाई २० लाख उपलब्ध गराउने निर्णय गरिएको हो ।

याे पनि हेर्नुस्
Loading...