बारीमा गाडिएको अवस्थामा २२ वर्षीया महिलाको शव फेला, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

काठमाडौं – काभ्रेपलाञ्चोकमा बारीमा गाडेको अवस्थामा शव फेला परेको छ ।

चौरीदेउराली गाउँपालिका-७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा बुधवार दिउँसो शव फेला परेको छ ।

news center of article

उनको हत्या गरी बारीमा शव गाडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान २८ वर्षीय सोनाम लामा र सोनामका बुबा ६६ वर्षीय चन्द्र बहादुर लामालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

याे पनि हेर्नुस्
Loading...