हत्याको आरोप लागेका ओलम्पिक मेडल विजेता सुशिल कुमार पक्राउ

एजेन्सी – भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्रमा रहेको छत्रसाल स्टेडियममा पहलवाहरुबीच भएको लडाईमा एक जना पहलवानको मृत्यु भएपछि उक्त घटनामा ओलिम्पकमा पदक विजेता सुशिल कुमारको नाम जोडिएको थियो । हत्याको आरोप लागेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो । उनलाई स्पेशल सेलमा राखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनीमाथि हत्याको आरोप लागेसँगै प्रहरीले उनलाई खोजतलास गरिरहेको थियो ।  प्रहरीले विभिन्न ठाउँमा छापा समेत मारेको थियो । उनलाई पक्राउ गर्न प्रहरीले लुकआउट नोटिस नै जारी गरेको थियो ।

news center of article

दिल्लीको छत्रसाल स्टेडियममा पहलवानहरुको दुई गुटबीच लडाई भएको थियो ।

उक्त घटनामा एक २३ वर्षिय पहलवानको मृत्यु भएको थियो । घाइते उनलाई अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

याे पनि हेर्नुस्
Loading...