दौडदा दौडदै गयो २१ को ज्यान

काठमाडौं । चीनमा दौडदा दौडदै २१ धावकहरुको मृत्यु भएको छ । अचानक मौसम बिग्रँदा दौडमा सहभागीहरुको चिसोले ज्यान कठ्याङ्ग्रिएर मृत्यु भएको बीबीसीले लेखेको छ ।

उत्तर–पश्चिमी चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा अल्ट्रा म्याराथन धावकहरुको ज्यान गएको हो । शनिबार भएको दौडका क्रममा अचानक तीव्र गतिमा हावासँगैको बरफी पानीले सहभागीहरुलाई हिर्काएपछि यल्लो रिभर स्टोन फरेस्टमा उनीहरुको ज्यान गएको हो ।

१७२ जनाले दौडमा भाग लिएकामा उनीहरु अचानक बेपत्ता भएका थिए । उद्धार अप्रेशन चलाएपछि २१ जनाको शव भेटिएको छ । १५१ जनाको उद्दार भएको छ ।

news center of article

तीमध्ये ८ जना घाइते भएका छन् । घटना छानबिन गर्न समिति नै बनाइएको छ । ढुङ्गाका मनमोहक स्तम्भहरू रहेको येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

सहभागीले सर्ट र टिसर्ट लगाएकाले पनि उनीहरु कठ्याङ्ग्रिएरै मरेको हुन सक्ने जनाइएको छ ।

याे पनि हेर्नुस्
Loading...