बैतडी-जुलाघाट नाकाबाट फर्केका ८ प्रतिशतमा कोरोना पुस्टि

बैतडीः बैतडीको जुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना संक्रमण पुस्टि भएको छ।

चैत्र १० गतेदेखि आइतबारसम्म १ हजार २ सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण पुष्टि भएको छ।

गएको चैत १० गतेदेखि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको हेल्थ असिष्टेन्ट धर्म विकले बताए ।

news center of article

उनका अनुसार नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना देखिएको छ। भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको उनले बताए।

कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने गरिएको उनले बताए।

याे पनि हेर्नुस्
Loading...