सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु, २७३ जनामा कोरोना पुष्टि

धनगढीः सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीया महिला, कैलारी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, वडा नम्बर ८ का ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, बेलौरी नगरपालिका वडा नम्बर ४४ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

news center of article

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७ सय ५२ जनाको नमुना परिक्षण गर्दा थप २७३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ, भने ४७९ जनाको रिपोर्ट नेगेटिभ अएको छ ।

हाल अस्पतालमा ८१ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये १० जना आईसीयूमा र ७१ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना निको भएर घर फर्केका छन भने १४ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

याे पनि हेर्नुस्
Loading...