विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला

विराटनगर – विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ ।

पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव फेला परेको हो ।

news center of article

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाइएको उनले बताए ।

याे पनि हेर्नुस्
Loading...