महाकाली नदीमा डुबेर एक बालकको मृत्यु

बैतडी – बैतडीमा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय महेश साउँदको नुहाउने क्रममा महाकाली नदिमा डुबेर मृत्यु भएको हो । स्थानीय  ६० बर्षिय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

ad

स्थानिय र प्रहरीको टोलीले डिम्बर घाट नजिकै मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

याे पनि हेर्नुस्
Loading...