आमासहित दुई छोराछोरीको शव जंगलमा भेटियो

प्युठान – प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन्।

प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो।

news center of article

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केनुभएको उनका ससुरा गिरबहादुर सुनारले बताए।

उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए। रासस

याे पनि हेर्नुस्
Loading...