युभेन्टसमा मैले तय गरेको लक्ष्य पूरा भइसक्यो–रोनाल्डो

क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य आफूले पूरा गरेको बताएका छन् । भविष्यलाई लिएर अन्यौल कायम रहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् ।

पोर्चुगलका कप्तान ३६ वर्षे रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस आएका थिए । युभेन्टससँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।

रोनाल्डोले युभेन्टसबाट दुईपटक सिरी ए, एकपटक कोपा इटालिया र दुईपटक इटालियन सुपर कप जितेका छन् । सन् २०११ यता पहिलोपटक युभेन्टसले यो सिजन लिग उपाधि जित्न सकेन ।

news center of article

रोनाल्डोले भनेका छन्, ‘हामीले यो सिजन सामूहिक र व्यक्तिगत रुपमा जे प्राप्त गर्ने सक्यौँ–सकेँ, त्यसको मैले सम्मान गर्दै पर्छ ।’

तीन वर्षको अवधिमा रोनाल्डो दुईपटक सिरी ए वर्ष खेलाडीको अवार्ड पाए । यस्तै हालै सकिएको सिजनमा उनी लिगको सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डोले युभेन्टसका लागि १०० गोलको आँकडा पार गरेका छन् । यस्तै उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका थिए ।

याे पनि हेर्नुस्
Loading...