प्राज्ञिक विद्यार्थी परिषद् डडेल्धुराद्वारा महासंघको आकस्मिक कोषमा साढे १० हजार सहयोग

डडेल्धुरा – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल डडेल्धुराले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखालाई साढे १० हजार रूपैयाँ सहयोग गरेको छ।

परिषद्का सुदूरपश्चिम प्रदेश सह-सचिव तथा डडेल्धुरा जिल्ला संयोजक सन्दीप महराले महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहलाई नगद १० हजार ५ सय ८५ रूपैयाँ हस्तान्तरण गरेका हुन्।

‘लिएर एक संकल्प बढौँ यो राष्ट्रका लागि, गरौँ समपर्ण युवा हो जीवन स्वराष्ट्रका लागि’ भने नाराका साथ परिषद्का कार्यकर्ताहरूले आफ्नो खाजा र रिचार्ज खर्च कटाएर मानवीय सेवाका लागि रकम जम्मा गरेको संयोजक महराले बताए।

news center of article

अग्रपंक्तिमा खटिँदा खटिँदै कोरोना संक्रमणमा परेका पत्रकारहरूको उपचार तथा व्यवस्थापनमा केही हदसम्म टेवा पुगोस् भन्ने हेतुले आफूले रकम संकलन गरेर सहयोग गरेको संयोजक महराको भनाइ छ। परिषद्ले डडेल्धुरा मात्र नभइ देशभ विभिन्न समाजिक हितका कार्यक्रमहरु गर्दै आएको छ।

पत्रकार महासंघले कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो।

सहयोग गर्न चाहानेले नेपाल बैंकमा रहेको नेपाल पत्रकार महासंघ कोरोना आकस्मिक कोष नामको खाता नं १६३००१०७०३९१६४०००००१ मा रकम जम्मा गर्न सकिने महासंघले जनाइएको छ।

याे पनि हेर्नुस्
Loading...