चार्टड उडान नहुँदा मलेसियामा ३१ नेपालीको शव राेकियो

काठमाडौँ – नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि मलेसियामा विभिन्‍न समयमा मृत्यु भएका ३१ नेपालीको शव रोकिएको छ । कोभिड-१९ को महामारी सुरु भएपछि मलेसियाका लागि नियमित उडान रोकिँदा शव पनि रोकिएको हो ।

मलेसिया दूतावासले अन्तरराष्ट्रिय उडान हुन नसक्दा मृत्यु भएका कामदारको शव पठाउन नसकेको जनाएको छ । ११ वटा शवको डकुमेन्ट तयार भइसकेको र बाँकी २० शवको डकुमेन्ट तयार गर्ने काम भइरहेको दूतावासका श्रम सहचारी दीपक ढकालले जानकारी दिए ।

चार्टड उडानमा भएपनि दूतावासले शव पठाउन तयार गरेको छ । मलेसियाबाट कोभिड सहायता सामग्री पठाउने भएकाले सहायता सामग्रीसँगै शव पनि पठाउन लागेको हो ।

कोभिड महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको छ । स्वास्थ्य सुरक्षाको दृष्टिकोणले मलेसिया सरकारले विदेशी कामदार नलिएको ढकालले इकागजलाई जानकारी दिए ।

news center of article

नेपाली कामदारको सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको उनले बताए । ‘करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ६० हजार कामदार स्वदेश फर्केका छन्,’ ढकालले भने,’ अहिले मलेसियामा करिब एक लाख ४० हजार कामदार छन् ।

सुरु-सुरुमा दूतावास उद्धार गरिदिनुपर्‍यो भनेर दैनिक फोन आउने गरेको ढकाललेको भनाइ छ । मलेसियामा दैनिक ६ हजारको हाराहारीमा संक्रमण थपिरहेको उनले जानकारी दिए ।

गत वर्षको लकडाउनमा पनि चार्टड उडानमा मृतक कामदारको शव ल्याइएको थियो ।

याे पनि हेर्नुस्
Loading...