सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने

१९ साउन, काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ ।

बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए ।

news center of article

कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ । आज न्यूनतम कार्यक्रममा सहमति जुटे बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना हुन थालेको छ । हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् ।

याे पनि हेर्नुस्
Loading...