वामदेव गौतमले दिए एमालेबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले शुक्रबार दिउँसो पार्टी कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएको हुन् ।

गत पुस पछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिँलेकाही सहभागी हुने गरेका थिए ।

news center of article

एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

याे पनि हेर्नुस्
Loading...