नेकपा एसको सचिव थपिए, यी हुन् नयाँ १६ पदाधिकारी, ज्वाला उपमहासचिव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई थपिएका छन् । उनको नाम पछिमात्र थपिएको हो ।राईलाई सचिव बनाएर केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ । यसअघि श्रेष्ठ सचिव चयन भएका थिए । यसैगरी घनेन्द्र बस्नेत पनि उपाध्यक्ष चयन भएका छन् ।

राई नेकपा एस प्रदेश नं १ का संसदीय दलका नेता हुन् । उनी मुख्यमन्त्रीका दाबेदार हुन् । अनेरास्ववियूका पूर्व अध्यक्ष राई बलियो पकड भएका नेतामध्येका हुन् । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन हुँदा प्रकाश ज्वाला परेका छन् । ज्वाला सल्यानका पूर्व सांसद हुन् । उनले यसपटक कर्णाली प्रदेशमा नेकपा एमालेविरुद्ध विद्रोह गरे ।

फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाइदिए । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाइदिए । ज्वाला एमालेबाट निष्काशनमा परे । सांसदबाट पदमुक्त भए । अहिले उनी माधव नेपालबाट पुरस्कृत भएका छन् । उनी उपमहासचिव चयन भएका छन् ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डेसहित ४ जना चयन भएका छन् । महासचिवमा वेदुराम भुसाल चयन भए । सचिवमा रामकुमारी झाँक्री चयन भइन् । आज बसेको नेकपा एसको बैठकले नेताहरुको नाम टुंगो लगाएको हो । नेकपा एसको अन्तरिम विधान अनुसार राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई उपाध्यक्ष चयन भए ।

उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा झाँक्रीसहित जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएका छन् । एमाले स्थायी कमिटी सदस्य, आठौं र नवौं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य स्वतः बनाउने निर्णय समेत भएको छ ।

नेकपा एसको अन्तरिम विधान टुंगो लागेपछि भुसालको चयन हुन लागेको हो । एसको अन्तरिम विधानमा अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरेको छ ।

नेकपा एस

१. अध्यक्ष, माधवकुमार नेपाल
२. वरिष्ठ नेता, झलनाथ खनाल
३. सचिवालय सदस्य, मुकुन्द न्यौपाने
४. उपाध्यक्ष, राजेन्द्र पाण्डे्
५. उपाध्यक्ष, प्रमेश हमाल
६. उपाध्यक्ष, धर्मनाथ शाह
७. उपाध्यक्ष, जयन्ती राई
८. उपाध्यक्ष, केशवलाल श्रेष्ठ
९. उपाध्यक्ष, घनेन्द्र बस्नेत

१०. महासचिव, वेदुराम भुसाल
११. उपमहासचिव, गंगालाल तुलाधर
१२. उपमहासचिव, प्रकाश ज्वाला
१३. उमहासचिव, डा. विजय पौडेल
१४. सचिव, रामकुमारी झाँक्री
१४. सचिव, राजेन्द्र राई
१५. सचिव, जगन्नाथ खतिवडा
१६. सचिव, नागेन्द्र चौधरी

 

याे पनि हेर्नुस्
Loading...