कञ्चनपुरमा हजुरबुवालाई हराएर नाति बने सभापति

कञ्चनपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन सम्पन्न भएको छ र परिणाम हजुरबुबालाई हराएर नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।शनिबार बेलडाँडीमा सम्पन्न भएको निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।

खसेका ८५ मध्ये ३७ वर्षीय गजबहादुरले ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका थिए।जसमा ३ मत बदर भए।

याे पनि हेर्नुस्
Loading...