कांग्रेस अधिवेशन : सुर्नया, शिवनाथ र पञ्चेश्वरमा सर्बसम्मत

बैतडी- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीका पालिकाहरुमा पनी आज अधिबवेशन भएको छ । अहिलेसम्म ३ स्थानिय तहहरुमा सर्बसम्मत नेतृत्व चयन भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिकामा प्रताप सिह महराको सभापतित्वमा सर्वसम्मत पालिका स्तरीय कार्य समिति चयन भएको छ । समितिको उपसभापतिमा करबिर सिह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तम बहादुर चन्द र सुन्दर सिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा गरी ४७ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा पनी सर्बसम्मत कार्य समिति चयन गरिएको छ । सभापतीमा राम बहादुर चन्द, उपसभापतिमा धिराज चन्द र जमन सिह साउँद, सचिवमा गजेन्द्र चन्द र तेज प्रसाद तिवारी तथा सह सचिबमा बिर बहादुर चन्द र बिरेन्द्र सिह भण्डारी गरी ३८ सदस्यीय समिति सर्बसम्मत चयन गरिएको रेडियो बैतडीका सम्वाददाता खेम राज जोशीले जानकारी दिनुभएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिकामा पनी हिरा बहादुर चन्दको नेतृत्वमा ३९ सदस्यीय गाउँ कार्य समिति सर्वसम्मत चयन भएको छ । जिल्लाका अन्य स्थानिय तहहरुको जानकारी भने प्राप्त हुन बाकी रहेको छ ।

याे पनि हेर्नुस्
Loading...