एमाले केन्द्रीय कमिटी बैठक सकियो: के-के भयो छलफल ?

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भोलि पुन: बस्ने गरी सम्पन्न भएको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठक आजका लागि समापन गरिएको हो। बैठक भोलि बिहान ११ बजे पुन: बस्ने जानकारी दिइएको छ।शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल गर्न १० वटा समिति बनाइएको थियो।

ती समितिमा भएका छलफलको निष्कर्ष प्रस्तुत गर्न प्रत्येक समूहमा नेता छनोट गरिएको थियो। उनीहरुले आजको बैठकमा आ-आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका थिए। नेकपा (एमाले)मा कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने माग उठेको छ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउँदै लुम्बिनी प्रदेशका तर्फबाट दलबहादुर रानाले यस्तो सुझाव पेस गरेका हुन्।

एक सदस्य, एक पद, महिला लगायत समावेशीमा ध्यान दिनुपर्ने, दलाल पुँजीवादको प्रष्ट व्याख्या गर्नुपर्ने, मुलुकमा विकसित घटनाक्रमका बारेमा प्रष्ट हुनुपर्ने रानाले बताए। नेकपा (एमाले)मा पदाधिकारी संख्या बढाउनुपर्ने माग उठेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै दश वटै समूहका टोली नेताले पदाधिकारी संख्या बढाउनुपर्ने माग राखेका हुन्।

एमालेको विधान महाधिवेशन यही असोज १५-१७ मा हुँदैछ। एमालेका केन्द्रीय कमिटी सदस्यहरूले प्रस्तावित विधानमा उल्लेख पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरेका हुन्। भूगोलको प्रतिनिधित्व हुने गरेर सात उपाध्यक्ष, सात सचिव हुनुपर्ने उनीहरूको माग छ। अध्यक्ष १, महासचिव १ र उपमहासचिव ३ राख्न सकिने उनीहरूको सुझाव छ।

नवौं महाधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २ र ५ सचिव निर्वाचित भएका थिए। तर, विधान महाधिवेशनमा पेस गरिने प्रस्तावित प्रतिवेदनमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरिएको छ। सुरुमा मस्यौदा तयार पर्दा ३ उपाध्यक्ष भनिएपनि पछि बढाएर पाँच बनाइएको थियो।

याे पनि हेर्नुस्
Loading...