कांग्रेस बैतडीका सबै पालिकाको अधिवेशन सम्पन्न (पदाधिकारीको नामावलि सहित)

बैतडी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । महरालाई सभापति पदमा सर्वसम्मत चयन गरेका छन् । कार्यसमतिको उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताए ।

यसैगरि जिल्लाको शिवनाथ गाउँपालिकामा पनि ३९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीर बहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ । गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएकाछन् भने उप–सभापतिमा धिराज चन्द र जमनसिंह साउद चयन भएकाछन् । सचिवमा गजेन्द्र चन्द र टंक प्रशाद तिवारी चयन भएकाछन् भने, सह–सचिवमा बीर बहादुर चन्द र बिरेन्द्र भण्डारी चयन भएको युवानेता प्रकाश चन्दले बताए ।

जिल्ला सदरमुकामको पालिका दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित बिजयी भएकाछन् । उप–सभापतिमा सुरज बहादुर चन्द र हरीश राम टमटा निर्वाचित भएकाछन् । सचिवमा श्याम बहादुर चन्द र गणेश सिंह थापा सह–सचिवमा उत्तम राज जोशी र राजेन्द्र बडु बिजयी भएका छन् ।

बैतडीको पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल बिजय भएकाछन् । उप–सभापतिमा इश्वरदत्त भट्ट र वीर बहादुर महरा बिजय भएकाछन् । सचिवमा राजबहादुर जोसी र रिकेश महरा बिजयी भएका छन् भने, सह–सचिवमा सरोज बम र दिल बहादुर साउद बिजयी भएकाछन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानल सहित बिजयी भएकाछन् । उप–सभापतिमा रामसिंह बिष्ट र कलकुते कार्कि बिजयी भएकाछन् । यसैगरि सचिवमा कर्क राज जोसी र दान बहादुर बिष्ट विजयी भएकाछन् भने सह सचिवमा शुसिला बष्ट र दिपेन्द्र सिंह कार्की बिजयी भएको तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्टले बताए ।

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएकाछन् । उपसभापतिमा भरत सिंह पुजारा रराजबहादर चन्द बिजयी भएकाछन् । यसैगरि सचिवमा अशोक बिष्ट र सुरेन्द्र भट्ट तथा सह सचिवमामहेश दत्त भट्ट र लक्ष्मण पोखे्रलले बिजयी भएको तरुण लि जिल्ला उपाध्यक्ष महेश दत्त भट्टले बताए । मेलौलीमा देउवा पक्षका उमेदवार विजयी भएको उनले बताए ।

जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएकाछन् । उपसभापतिमा सुमित्रा ऐर र धन बहादुर साउद वियज भएका छन् । सचिवमा टेक बहादुर चन्द र भानसिंह धामी तथा सह सचिवमा गोविन्द अवस्थी र प्रकाश जोसी बिजय भएको युवा नेता केदार अवस्थीले बताए ।

यसैगरि जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएकाछन् । उप–सभापतिमा राम नाथ र संकर बिष्ट विजयी भएकाछन् । सचिवमा मदन नाथ र संकर पन्त निर्वाचित भएकाछन् भने सह–सचिवमा दिला नाथ र बिक्रम कार्कि बिजयी भएको तरुण दल बैतडीका उपाध्यक्ष कर्ण रानाले बताए ।

याे पनि हेर्नुस्
Loading...