हेर्नुहोस बैतडी कांग्रेस कुन पालिकामा कस्को नेतृत्व

बैतडी– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्टको पुरै प्यानल विजयी विजयी भएको छ । भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा भट्ट प्यानलकै सुरजबहादुर चन्दले ११९ र हरिराम टमाटाले ११७ मत ल्याएर विजयी भएका छन् । सचिवमा भट्ट प्यानलकै गणेशसिंह थापाले ११७ र श्यामबहादुर चन्दले ११५ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा भट्ट प्यानलकै उत्तमराज जोशीले ११६ र राजेन्द्रप्रसाद बडुले ११७ मत ल्याएर विजयी भएका मतदान अधिकृत रघुबीरसिंह थापाले बताउनुभयो ।

नगर कार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका थिए । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ६४ सदस्यीय नगर कार्यसमिति चयन गरेको मतदान अधिकृत थापाले बताउनुभयो। विजयी सबै जिल्ला सभापतिका दाबेदार चतुर बहादुर चन्द समर्थक हुन् ।

पाटन नगरपालिका

नेपाली कांग्रेस पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर विजयी भएका छन् । ऐरले ९७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी जयसिंह बिष्टले ६८ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा रमेश महरा १०३ र कृष्णबहादुर कुँवर ७६ मत ल्याएर विजयी भएका छन् । सचिवमा लवदेव जोशी र जगदीशसिंह बिष्ट निर्विरोध निर्वाचित भएका मतदान अधिकृत लक्ष्मणसिंह बोहराले बताउनुभयो ।

सहसचिवमा कैलाश चन्द ११९ र कृष्णा पन्त ९० मत ल्याएर विजयी भएका छन् । नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका मतदान अधिकृत बोहराले जानकारी दिनुभयो।

मेलौली नगरपालिका

मेलौली नगरपालिका कांग्रेसको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी नरेस विष्टले ४६ मत पाउनुभयो भने अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा भरतसिह पुजारा १०३ र राज बहादुर चन्द ९३ मत सहित विजयी भएका छन् । अर्का प्रत्यासी देवदत्त ओझाले ५ मत प्राप्त गरेर पराजित भए ।

नगरसमिति सचिवमा सुरेन्द्र प्रसाद भट्ट १०५ र असोकसिंह विष्ट ८१ मतसहित विजयी भएका छन् । सहसचिवमा महेसदत्त भट्ट ८५ र लक्ष्मण पोख्रेल ७६ मतसहित विजयी भए । अन्य सदस्यहरु भने सर्वसम्मत रुपमा चयन गरिएका छन् ।

पुचौँडी नगरपालिका

पुचौँडी नगरपालिका नेपाली कांग्रेसको निर्वाचनमा गेणेश बहादुर बडाल नेतृत्वको पुरै प्यानल विजयी भएको छ । बडाल नेतृत्वको प्यानलको उपसभापतिमा इश्वरदत्त भट्ट र बिरबहादुर महरा विजयी भएका छन् । यस्तै सचिवमा बडाल प्यानलकै राजप्रसाद जोशी र रिकेश बोहरा विजयी भएका छन् । सहसचिवमा सरोज वम र दिल बहादुर वम विजयी भएको जानकारी प्राप्त भएको छ ।

शिवनाथ गाउँपालिका

शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसको ३९ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ । सो समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताउनुभयो ।

यस्तै अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका भएका छन् । समितिको कोषाध्यक्ष पछि मनोनित गरिने बताइएको छ ।

पञ्चेश्वर गाउँपालिका

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । गाउँपालिका कार्यसमितिको सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउँद र धिराजबहादुर चन्द, सचिवमा गजेन्द्रबहादुर चन्द र टंकप्रसाद तिवारी, सहसचिवमा बीरबहादुर चन्द र विरेन्द्रसिंह भण्डारी सर्वसम्मत चयन भएका मतदान अधिकृत कर्णबहादुर कुँवरले बताउनुभयो। ३७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको उनले बताउनुभयो ।

सुर्नया गाउँपालिका

सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत पालिकास्तरीय समिति चयन भएको छ । यस्तै उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत उत्तमबहादुर कुँवरले बताउनुभयो ।
४७ सदस्यीय नेपाली कांग्रेसको सुर्नया गाउँपालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको कुँवरले जानकारी दिनुभयो।

दोगडाकेदार गाउँपालिका

दोगडाकेदार गाउँपालिकाको कांग्रेस सभापतिमा नन्दराज भट्ट ५३ मत सहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी चन्द्रदेव जोशीले ५१ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा भने आनसिंह विष्ट, कलकुते कार्की र धर्मानन्द जोशीले समान ५०÷५० मत प्राप्त गरेका थिए । जसमध्ये गोलाप्रथाद्वारा आनसिंह विष्ट र कलकुते कार्की विजयी भएका छन् । उपसभापतिका अर्का प्रत्यासी तेजराज जोशीले ४१ र बहादुर चन्दले २ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा दानसिह विष्ट ८२ र कर्कराज जोशी ५९ मतसहित विजयी भएका छन् । सहसचिवमा दिपेन्द्र कार्की ६१ र र शुशीला विष्ट ६९ मतसहित विजयी भएका छन् । सह सचिवका अर्का प्रत्यासी हरिसप्रसाद भट्टले ३८ मतमा प्राप्त गर्नुभयो । दोगडाकेदारमा २४ जना सदस्य भने सर्वसम्मत रुपमा चयन गरिएका छन् । अन्य सदस्य पछि मनोनित गरिनेछन् ।

सिगास गाउँपालिका

नेपाली कांग्रेस सिगास गाउँपालिकाको सभापतिमा कर्ण बहादुर ऐर ७३ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी राम बहादुर धामीले ६७ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा धन बहादुर साउद ७२ र सुमित्रा ऐर ७१ मत सहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी गणेश सिह धामीले ६४ र धनबिर सिंह धामीले ५९ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा भानसिह धामी ७५ र टेक बहादुर चन्द ६७ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी कर्ण बहादुर साउदले ५९ र धरमसिंह धामीले ५२ मत प्राप्त गर्नुभयो । सहसचिवमा प्रकाश जोशी ७८ र गोबिन्द अवस्थी ७३ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी राधा ऐर धामीले ७२ र विश्व विकले ४१ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेस सिगास गाउँपालिका कार्यसमितिका अन्य सदस्यहरु भने सर्वसम्मत रुपमा चयन गरिएको क्षेत्रिय प्रतिनिधि पदम रोकायाले बताउनुभयो ।

डिलाशैनी गाउँपालिका

नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोशी ५५ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी कृष्ण कुमार धामीले ४७ मत प्राप्त गर्नुभयो । यस्तै उपसभातिमा राम नाथ ५० र संकरदत्त विष्ट ४५ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी केशब बोहराले ४३ र राजेन्द्र प्रसाद जोशीले ४२ मत प्राप्त गर्नुभयो ।

सचिवमा मदन नाथ ५६ र संकरदत्त पन्त ४६ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी अनिल कुमार विष्टले ४४ र जनक कुमार घरेडीले ४० मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा विक्रम कार्की ५१ र दुर्गादत्त जोशी ४४ मतसहित विजयी भएका छन् अर्का प्रत्यासी बिला नाथले पनि ४४ मत प्राप्त गर्नुभएको थियो तर उनि गोलाप्रथा गर्दा पराजित भए । यस्तै अर्का प्रत्यासी महेश खडायतले ४० मत प्राप्त गर्नुभयो । अन्य सदस्यहरु मध्ये सर्वसम्मत रुपमा चयन भएका छन् ।

याे पनि हेर्नुस्
Loading...