बैतडीमा विद्यार्थी सिक्ने कक्षाकोठामा राजनितिक दलले कार्यकर्तालाई राजनिति सिकाउदै

बैतडी-असोज १२ । बैतडीमा विद्यालयहरुलाई राजनितिक दलहरुले राजनितिक कार्यक्रम गर्ने थलो बनाएका छन् । बिभिन्न राजनितिक दलहरुले अहिले विद्यालयहरुमा पार्टीका कार्यक्रम गरिरहेका हुन् । केन्द्रिय राजनितिक बृतमा आएको परिर्बतन पश्चात दलहरु अहिले पार्टी बलियो बनाउने कसरतमा छन् । दलहरुले पार्टी मजबुत बनाउन तथा नजिकिएको स्थानिय तहको निर्बाचनको तयारी स्वरुप संगठन बिस्तारका लागी कार्यकर्ता भेला, कार्यकर्ता प्रशिक्षण तथा वडा कमिटि गठनलाई तिब्रता दिएका छन् । यी कार्यक्रमहरु अधिकासं जसो विद्यालयहरुमै हुने गरेका छन् ।

कतिपय विद्यालयहरुले आज विद्यालयमा पार्टीको कार्यक्रम छ भन्दै विद्यार्थीहरुलाई पठनपाठन नगराई घर पठाउने गरेको भेटिएको छ । जसले गर्दा विद्यार्थीहरुको पठनपाठन समेत प्रभावित हुने भन्दै स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन् । कतिपय राजनितिक दलहरुले कार्यक्रममा बलियो उपस्थिति देखाउनकै लागी विद्यार्थीहरुलाई समेत पार्टीका कार्यक्रममा सरिक गराउने गरेका छन् । विद्यार्थीहरुले पठनपाठन गर्ने कक्षाकोठाहरुमा केही समय यता राजनितिक दलका नेतृत्व तहमा रहेकाहरुले कार्यकर्तालाई राजनितिक पाठ सिकाई रहेका हुन् । रेडियो बैतडीबाट 

याे पनि हेर्नुस्
Loading...