बल्ल कांग्रेसबाट मन्त्री हुने नाम टुंगो लाग्यो, गैर सांसद पनि परे मन्त्री हुने लिष्टमा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो। कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ।

अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्। अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन्। जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन्।

कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मीनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन्। रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर्थन छ। सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन्। तर, सिटौलाले प्रधानमन्त्री देउवालाई नाम बुझाएका छैनन्।

प्रधान यसअघि पनि मन्त्री भइसकेकाले चौधरी मन्त्री बन्ने सम्भावना बलियो रहेको नेताहरू बताउँछन्। कांग्रेसबाट मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन। गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने स्रोतले जनाएको छ। देउवा पक्षमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राख्ने कि नराख्ने भन्ने अझै निर्णय भइसकेको छैन।

यदि श्रेष्ठको बढुवा नभएर राज्यमन्त्री राख्नुपरेमा पुष्पा भुसालले अवसर पाउने छिन्। राज्यमन्त्री श्रेष्ठले भने आफ्नो कामको मूल्यांकन गर्दै मन्त्रीमा बढुवा हुनुपर्ने चाहना राखेका छन्। देउवा पक्षबाट यसअघि कार्की, खड्का र खाँण मन्त्री बनिसकेका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि आजै मन्त्रिपरिषद् विस्तार हुने भए पनि मंगलबार परेको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएको तथा जसपा अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर गएकाले बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका एक नेताले बताए।

रिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता थापालाई मन्त्री बनाउने भएका हुन् । उनलाई देउवाले नागरिक समाजका अगुवाका रुपमा मन्त्री बनाउने भएका हुन् । मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरिसकेको बुृझिएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए । नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष समेत रहेका थापा खरो स्वभावका मानिन्छन् । यसैगरी, नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको नाम पनि मन्त्रीका लागि चर्चामा छ । उनले पनि प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए

यता नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो।अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ। सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।

यता सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा।नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।

अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा. शशांक कोइरालानिकट नेता डा.मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल समूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो ।

यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् । यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना रहेको छ ।

याे पनि हेर्नुस्
Loading...