सर्वदलीय बैठक बस्दै, संसद चलाउने कि अन्त्य गर्ने टुङ्गो लगाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीसहित संसदका विपक्षी दलहरुलाई पनि विश्वासमा लिँदै संसदमा जारी अवरोध अन्त्य गरी अघि बढ्न प्रस्ताव राख्नेछन् । संसदमा जारी अवरोधलाई अन्त्य गरेर सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध स्वस्थ र राजनीतिक मूल्यमा आधारित बनाउने विषयमा छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन २३ मा संसदको अधिवेशन सुरु भएसँगै सबैजसो बैठकमा अवरोध गर्दै आएको छ । उसले सभामुखको भूमिका समेत एमाले फुटाउनेमा केन्द्रित भएको भन्दै सभामुखविरुद्ध संसदमै नारावाजी गरिरहेको छ ।

अवरोध हटाउन गरिएका वार्तामा एमाले सहमत नभएपछि एमालेको अवरोधकैबीच बजेट सम्बन्धी विधेयक र आश्रित विधेयक पारित भइसकेका छन् । संसदको अनिवार्य कार्यसूची पूरा भए पनि सरकरले प्रमुख पतिपक्ष दलसहितको राय लिएर संसद चलाउने अथवा जारी अधिवेशन अन्त्य गर्ने विषयमा निर्णय लिन लागेको छ ।

याे पनि हेर्नुस्
Loading...