सरकारले भन्यो, ‘प्रधानन्यायाधीशले मन्त्रालयमा भाग खोजेका छैनन्’

काठमाडौं – सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सरकारमा भाग नखोजेको स्पष्ट पारेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको जानकारी दिएका छन्।

‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले भने। यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो। उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ।

उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए। ‘बिहान शीर्ष नेताबीच छलफल भएको छ। सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ’,कार्कीले भने।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन्। बैठकमा उनको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ।

 

याे पनि हेर्नुस्
Loading...