राष्ट्रपति भण्डारीद्वारा नवकन्याहरुको पूजा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् ।

विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

ad

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २ – ९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो । यसैक्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरुको पूजा गरेकी हुन् ।

याे पनि हेर्नुस्
Loading...