कांग्रेसले तोक्यो वरीयता: देउवापछि पूर्णबहादुर खड्का, अन्तिममा को ? (नामावालीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ।

सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमश: वरीयतामा मिलाएर राखेको छ। दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्।

महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन्। ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन्। कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ।

news center of article

१३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन्। यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वत: केन्द्रीय सदस्य बनेका हुन्।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वत: कार्यसमिति सदस्य हुन्छ। कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।

याे पनि हेर्नुस्
Loading...