बागमती सरकार जनताको हितमा छैन : निर्वतमान मुख्यमन्त्री शाक्य

हेटौंडा। नेकपा एमालेको उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेको र खर्च बढाउने काम मात्र गरेको टिप्पणी गरेकी छन् । शनिबार मकवानपुरको फाखेलमा एमाले ईन्द्रसरोबर गाउँपालिका ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान  शाक्यले प्रदेश सरकाले भागबन्डाको नाममा मन्त्रालयहरुलाई टुक्राएर खर्च बढाउने र जनतालाई थप आर्थिक भार हुने काम  गरेको बताईन् । उनले भनि अहिले को प्रदेश सरकारले खर्च मात्र बढाउन र आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु थप गरेको बताईन् । यो काम जनताको हितमा छैन र अत्यन्तै गलत  हो । यसले मुलुकलाई अगाढी बढाउन सक्दैन् ।

news center of article

यसैगरि,कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले कम्युनिस्ट आन्दोलनमा नख्खु जेल ब्रेक गरेर निस्केका नेताहरुलाई फाखेलले संरक्षण दिएको भन्दै सम्मान व्यक्त गरिन् । उनले केहि महिनामै आफुहरुले संघर्षशिल यौद्धा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको  समेत बताउँदै पुष्तकमा यहाँको कम्युनिस्ट ९१ वर्षीय सानुकान्छा लामा र स्वर्गिय वीर बहादुर लामाको योगदानको चर्चा हुने बताईन् । उनले कम्युनिस्ट आन्दोलनले देशमा आमुल परिर्वतन आएको बताईन् । र उनले जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको बताईन् । उनले एमालले राष्ट्र र राष्ट्रियताको हितमा  र जनताको दुःखमा बोल्ने गरेको बताईन् । उनले स्थानीय,प्रदेश र केन्द्र तीनै तहको निर्वाचनको कुरा उठिरहेको बताउँदै तयारी अवस्थामा रहनुपर्ने बताईन् । उनले पार्टीको सबै संगठनहरुलाई बलियो बनाउन र निर्वाचनको  लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिईन् ।

याे पनि हेर्नुस्
Loading...