Khabar Board

देशका १६ मतदान केन्द्रमा झडप :८ मतदान केन्द्रमा हवाई फायर

बैसाख ३० स्थानीय तहको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् साथै केही स्थानमा प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था आएको छ ।

कहाँ कहाँ भएत झडप का घटना?

हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ ।

दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएको छ । बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् ।

झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान सुचारु भएको जानकारी आएको छ । भने अहिलेसम्म झडप भएका स्थान मध्ये सर्लाहीको धनकौलमा मात्र मतदान रोकिएको जानकारी आएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.