काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् । अखिल नेपाल महिला सघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए ।
गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।