कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइनमा छोइदा करेन्ट लागेर उनी घाइते भएका थिए।

घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...