श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि सामूहिक बलात्कार

काठमाडौं: श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि सामूहिक बलात्कार भएको घटना बाहिर आएको छ।

दाङको लमही नगरपालिका–७ कमानपुरको जंगलमा ३ जनाको समूहले २ जना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

लमहीमा चुन ढुंगा पुगाएर फर्किको टिपलाई रोकेर उक्त समूहले उनीहरूलाई जंगलमा बन्धक बनाएका थिए। त्यसपछि तरबार देखाएर चालक र सहचालकलाई रूखमा बाधी चालककी श्रीमती र सालीमाथि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीमा उजुरीपछि घटनामा संलग्न रहेको आशंकामा लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अन्दाजी २० वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेरका अजुर्न चौधरी फरार छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...