माछा पोखरीमा डुबेर मृत्यु

माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता हुनुभएका झापा अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ताभएका थिए।

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।

उनको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ। उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आएका थिए।

उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।

रासस

याे पनि हेर्नुस्
Loading...