स्मार्ट लाइसेन्स सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयमा सञ्चालन शुरु

कोरोना महामारीको कारण जारी निषेधाज्ञाका बिच स्थगन गरिएको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।

बागमती प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालयले असार ८ गते आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतका कामहरु शुरु गर्ने भएको छ ।

कार्यालयहरुले दैनिकरुपमा निश्चित सेवाग्राहीहरुको लागि कोटा तोकेर सेवा प्रदान गर्न शुरु गरेका हुन् । त्यसरी सेवा दिँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिने कार्यालयहरुले जनाएका छन् ।

याे पनि हेर्नुस्
Loading...