डडेल्धुराको आलितालमा कोरोना संक्रमण बढ्दो

डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिका वार्ड नं २ मा कोभिड १९ को प्रकोप पछिल्लो समयमा बढ्दो रुपमा फैलिरहेको छ।

प्रत्येक टोलमा लक्षण भएका बिरामि धेरै रहेकाछन जसमध्ये अहिले यो महिनाको परिक्षण गराएको डाटा मध्ये ‌६०% भन्दा बढि पोजेटिभ केसहरू भेटिरहेको गाङ्खेत स्वास्थ्य चौकिका ल्याब असिस्टेन्ट डम्बर खड्काले बताएका छन।

खड्काले भने “२ जना अहिले संस्थाको आइसोलेसन वार्डमा रहेका छन उनिहरुलाई पनि यहाँ राख्न सक्ने अवस्था छैन, अवस्था गम्भीर हुदै गयो भने बर्षातको कारणले बाटो बिग्रेकोहुदा अन्यत्र लैजान पनि गाह्रो छ। त्यसैले समयमै सबै आम-नागरिकले सचेत रहन आवश्यक छ साथै ‌आलिताल गाउँपालिकले पनि यस बिषयलाइ गम्भीर रुपमा लिइ समयमै समाधान को उपाए खोजि अहिले तिव्र रुपमा फैलिरहेको यस माहामारी लाइ नियन्त्रण गर्नु अहिलेको आवश्यक रहेको छ।”

ad

आलिताल गाउँपालिकामा दोस्रो चरणको कोराेना महामारिमा मात्र ३३ जना महिला र ५४ जना पुरुसमा गरि जम्मा ८७ जनामा कोराेना पोजेटिभ देखिएको छ जुन अरु पालिकाको तुलना बढि हो। पछिल्लो समय कोराेना संक्रमणको दर सुधारात्मक हुदै जाँदा याता आलिताल गाउँपालिका तिर बढ्नै जानु चिन्ताजनक बनेको छ।

साथै हाँल दिनानुदिन बिरामी बढ्नुको मुख्य कारण कोभिड पोजेटिभ बिरामि सुरक्षित जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु, सबै संग घुलमिल गर्नु हो । यस्तै अवस्था रहिरहने हो भने माहामारीले‌ विकरालरुप लिन सक्ने अवस्था रहेको छ। अर्काेतर्फ समान्य लक्षण देखिदा चेकजाँच नगराउने तर पछि समस्या बढ्दै जाँदा मात्रै उपचार तर्फ लाग्ने हुदा बिरामिहरुमा समस्या देखिन थालेका छ।

कोभिड १९ सम्बन्धि समस्या लक्षण जस्तै ज्वरो आउनु खोकि लाग्नु थकान महसुस हुनु शरिर दुख्ने, आखाँ रातो हुने, घाटि खुख्ने, स्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने समस्या भएमा बिरामिहरु बढ्दो क्रममा गाङ्खेत स्वास्थ्य चौकीमा आउने क्रम लगातार रहेको छ।

 

याे पनि हेर्नुस्
Loading...