सुदूरपश्चिममा बुधबारदेखि कोरोना खोप लगाइने

११ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोनाविरुद्धको खोप धनगढी आइपुगेको छ । संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप आइतबार साँझ धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

news center of article

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक लाख ९८ हजारभन्दा बढी डोज भेरोसेल र एक लाख ३६ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप धनगढी पठाइएको जानकारी दिए । उनका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका सबै नागरिकलाई लगाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।

याे पनि हेर्नुस्
Loading...