बैतडी :पाटन नगरपालिकाका रोजगार साखाका इन्जिनियर चन्दको करार रद्द, बिवादीत वडामा पुनरमुल्याङ्कन हुने

पदिय दायित्व पुरा नगरेको ठहर गर्दै करार अवधि रद्द

साउन १३,बैतडी : बैतडीको पाटन नगरपालिकाका सब इन्जीनियर सुरेन्द्र चन्द (सम्राट) को करार रद्द गरिएको छ । प्रधानमन्त्री रोजगार साखाका काम गर्दै आएका सब इन्जीनियर चन्दलाई आज बसेको कार्यपालिका बैठकले करारअवधि नथप्ने निर्णय गरेको हो ।

पदिय दायित्व पुरा नगरेको ठहर गर्दै करार अवधि रद्द गर्ने निर्णय भएको प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो । फिल्डमा नगएको, नापजाँच नगरेको ब्यापक जनगुनासो आएको हुनाले उनको करार अवधी रद्द गरिएको उहाले बताउनुभयो ।

यसैगरी नगरपालिकाको वडा नं ८, वडा नं ३, ५ लगायतका वडाहरुमा रोजगार कार्यक्रममा भएका कार्यक्रमहरुको पुनरमुल्याङ्कन गर्ने निर्णय भएको पनि प्रमुख प्रसासकिय अधिकृत भट्टले जानकारी दिनुभयो ।

news center of article

जिल्ला समुन्वय समिति र जिल्ला प्राससन कार्यालय बैतडीसँग प्राबिधिक सहयोग मागेर पुनरमुल्याङ्कन गरिने नगरपालिकाले जनाएको छ ।

वडा नं ८ मा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै हिजो श्रमिकहरुले वडामा तालाबन्दी गरेका थिए ।

३९ लाखको सम्झौता भएपनि ९ लाख मात्रै भुक्तानी गरिएको थियो । स्टमेट अनुसार काम नभएको भन्दै ९ लाख मात्रै भुक्तानी गरिएको बताइएको थियो ।

याे पनि हेर्नुस्
Loading...