बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ८ जना घाईते

बैतडी- बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ ।

जिल्लाको सुर्नया गाउँपालिका ८ ढोल्यामोड देखि जन्ती लिएर सिगास गाउँपालिका १ को खड्क्यौडा गईरहेको से १ ज १७० नम्बरको जिप शुक्रवार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ८ जना घाईते भएका छन् । घाईते मध्ये ४ जना डडेल्धुरा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् भने ४ जना गम्भीर घाईतेहरुलाई थप उपचारका लागी धनगढी रेफर गरिएको प्रहरी चौकी खोडपेका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो ।

घनगढी रेफर गरिएकाहरुमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सोही ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुशील बोहरा रहेका छन् । जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ । जीप साडकमै पल्टिएको हो ।

याे पनि हेर्नुस्
Loading...