हेटौंडा / मकवानपुरमा लागूऔषध (ला.औ.) कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा प्रहरीले मकवानपुरको हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय संजिव राज थिङ र हेटौंडा–१४ बस्ने २२ वर्षीया मनिषा थिङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०८२ साल असोज ३० गते राति करिब १२:०६ बजे पक्राउ परेका उनीहरूको कोठामा रितपूर्वक खानतलासी गर्दा डिजिटल तराजु १ थान र बिक्रीका लागि तयार पारिएको खैरो हेरोइन जस्तो देखिने १४ ग्राम ५२० मिलिग्राम धुलो पदार्थ फेला परेको थियो।
बरामद गरिएको उक्त पदार्थ लागूऔषध (खैरो हेरोइन) भएको प्रारम्भिक अनुमान गरिएको र प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले संजिव राज थिङ र मनिषा थिङलाई नियन्त्रणमा लिएर लागूऔषध कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।

















