रिस नियन्त्रण गर्न नसक्दा मगर दाजुभाईको दशैं हिरासतमा

सिन्धुली – दशैं मनाउने उदेश्यले राँगा काटेर मासु भाग लगाउदै थिए सोही क्रममा सामान्य भनाभन मात्र भएको थियो । तर रिस नियन्त्रण गर्न सकेनन मगर दाजुभाईले । उनीहरुले कमलामाई नगरपालिका ११ छतिवन बस्ने २१ वर्षीय छिमेकी भाई बिक्रम लामगादेको खुकुरी प्रहार गरी हत्या गरे ।

यी दाजुभाईको दशैं हिरासतमा पुग्यो । हत्या पछि प्रहरीले मंगलबार दिउँसो सोही गाउँका ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई पक्राउ गरेर कारवाही अघि बडाए । फुलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा सामान्य विवाद हुदाँ झगडा भएर बिक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी सामान्य अवस्थामा हुने रिसलाई निन्त्रण गर्न नसक्दा मगर दाजुभाईको जीवन कारगारसम्म पुगेको छ । दशैं एउटा पर्व भएकाले उत्सवका साथ मनाउने गर्छन र अधिकांस क्षेत्रमा झैझगडा हुने गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।

याे पनि हेर्नुस्
Loading...