कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

बाँके – कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए ।

असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो। पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए।

याे पनि हेर्नुस्
Loading...